इलामको माइखोलामा बेवारिसे शव फेला

इलाम, ९ साउनः इलामको माइखोलामा वेवारीसे शव फेला परेको छ । इलाम नगरपालिका ८ र  नामसालिङ जोड्ने माइखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष व्यक्ति मृत अवस्थमा रहेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन राईको कमाण्डमाटोली  खटिएकोमा प्रारम्भिक अनुसन्धानमा हाल सम्म नाम थरवतन केही नखुलेको टाउको तथा निधारमा निल डाम चोट लागेको अन्दाजी ३० ३२ वर्ष उमेर भएको हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर (बुटी) लगाएको  अन्दाजी ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको   फेला परेको हो । शवलाई घटनास्थल सवजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि इलाम अस्पताल इलामको शव गृहमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । घटनास्थलमा भेटिएको उक्त शवको हाल सम्म सनाखत हुन नसकेकोले निजको बारे कोही कसैलाई केही जानकारी भएमा यस जिल्ला प्रही कार्यालय इलाममा जानकारी गराई दिन हुन समेत अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराउको छ  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता