भोलि बि.सं.२०७७ श्रावण १० गते शनिबार शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नागपञ्चमी

नागको शिर कुन महिनामा कता फर्किएको हुन्छ?


भाद्र,आश्विन,कार्तिक पूर्व---- मार्गशीर्ष,पौष,माघ दक्षिण ---- फाल्गुन,चैत्र,वैशाख पश्चिम----- ज्येष्ठ,आषाढ र श्रावण उत्तर
--------
कसरी गर्ने नागको पूजा?
--------
दीप कलश गणेश पूजा गरी गोबरको नाग बनाई नागको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुर,चन्दन आदिले पूजा गरेर ढोकामा टाँस्नाले सर्पको भय हुँदैन |
--------
नागको प्रार्थना मन्त्र कुन कुन उच्चारण गर्ने?
--आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि|
एह्येहि मनसे देवि!
नागमातर्नमोस्तु ते ||
--
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव चं । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।।

मुने: कल्याण मित्रस्य जैमिनिश्चापि कीर्तनात्।
विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।।

अनन्तो वाशुकि पद्मो महापद्मश्च तक्षक: ।
कुलीर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता।।

यत्राहिशाही भगवान यत्रास्ते हरिरीश्वर:|
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा!
---------
त्यस्तै
कुण्डलीमा कालसर्प योग हुनेहरुले भोलि नागपञ्चमी परेकाले नागको विशेष पूजा गरौं शुभ हुनेछ !
(कालसर्प दोष नराम्रा पक्ष :- सन्तान हानी,भाग्यमा बाधा, रोगको भय,सरकारद्वारा भय,मुद्दा मामलामा फस्नुपर्ने इत्यादि कालसर्प दोषका नराम्रा पक्षहरु हुन् |)
(ज्यो.पं.एकराज दुलाल)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता