प्रदेश १ मा थप १८ जना संक्रमित थपिए, कुल संक्रमित ९ सय ९३ पुगे


विराटनगर, १५ साउन । प्रदेश नम्बर १ मा विहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुार मोरङका ८ जना, झापाका ४, सुनसरी, उदयपुर र सोलुखुम्वुका २–२ जना गरी कुल १८ जनामा कोरोना पुष्टि भएको हो ।
मोरंङको विराटनगरमा ५ जना पुरुष र ३ जना महिला, झापाको शिवसताक्षीमा ३ जना पुरुष, दमकमा १ जना महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ जना महिला, १ जना पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयकाप्रवक्ता डा.सुरेश महेताले जानकारी दिनुभयो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ । त्यस्तै, विहीबार ४२ जना संक्रमितहरु उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ जना पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट जना २ पुरुषहरु डिस्चार्ज भएका हुन् ।
हालसम्म प्रदेश १ मा कुल ७ सय ८९ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । त्यस्तै, प्रदेश १ मा साउन १५ गते ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता