इलाममा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११ पुग्यो

इलाम, १९ असारः इलामको देउमाई नगरपालिकाको ८ नवमीमा रहेको क्वरेन्टाइनमा रहेको एकजना २६ वर्षिय पुरुषमा कोरोना पोजेटीभ देखिएको छ । उनी यही असार १३ गते कतारबाट आएर क्वारेन्टाइनमा वसेका थिए । उनीसँगै झापाको चारआलिबाट एउटै गाडीमा आएका  अन्य ५ जनालाई पनि यतिवेला क्वारेन्टाइनमा राखिएको देउमाई नगरपालिकाका नगरर प्रमुख सूर्य पोख्रेलले जानकारी दिए । उनलाई अहिले गोठगाउँमा रहेको कोरोना अस्पताल पठाउने तयारी भई रहेको पनि पोख्रेलले जनाए । 
आज भेटीएका संक्रमित सँग इलाममा कोरोना संक्रमितको संख्या ११ पुुगेको छ भने दुई जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता