नेम्वाङको बूढानिलकण्ठदेखि वालुवाटार यात्रा, कांग्रेससंग प्रधानमन्त्री ओलीको बाक्लियो उठबस


काठमाडौं, २१ असार । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्कर्षमा पुगेको विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरिरहनु भएको छ । वातासंगै ओलीले भने उता नेपाली कांग्रेससंगको निकटतालाई पनि उत्तिकै बढाउनु भएको छ ।
यही क्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङ बूढानिलकण्ठ पुग्नुभएको छ । आइतबार प्रधानमन्त्री ओलीको सन्देश लिएर उपनेता नेम्बाङ सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभएको हो ।
दुई दिन अगाडि मात्रै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग वालुवाटारमा छलफल गर्नु भएको थियो । संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा प्रतिपक्षी दलको नेतासँग सत्तापक्षको उपनेता नेम्बाङले भेट गरेको बताइएको छ ।
सभापति देउवासँग नेम्वाङको संवैधानिक परिषद्को बैठक बस्न नसकेका कारण अख्तियार, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरूमा नियुक्ति हुन नसकेको विषयमा कुरा भएको बताएको छ ।
देउवासंगको भेटको बारेमा ब्रिफिङ नेता नेम्बाङ साँझ ५ बजेर २ मिनेटमा प्रधानमन्त्री निवास वालुवाटार पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई उहाँले देउवासंगको भेटको बारेमा ब्रिफिङ गर्नु भएको बताइएको छ ।

पार्टीमा दुर्घटना भए नेम्वाङलाई प्रधानमन्त्री बनाएर आफु पार्टी चलाउनेसम्मको मुडमा पुग्नु भएको प्रधानमन्त्री ओलीले आफु र नेम्वाङमार्फत कांग्रेससंग बढाउन थालेको निकटता भने अर्थपूर्ण मानिएको छ । यता कांग्रेस पनि केन्द्रीय कार्यसमिति बैठकमा व्यस्त छ भने सभापति देउवाले प्रधानमन्त्री ओली र नेता नेम्वाङसंग भएको भेटको बारेमा बैठकलाई जानकारी गराउनु भएको छ । उहाँले संवैधानिक परिषद्को विषयलाई लिएर मात्र भेट भएको जिकिर बैठकमा गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता