थप १ सय १ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुग्यो


काठमाडौं, २ साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय १ जना कोरोना संक्रमित थपिएसँगै संख्या १७ हजार ४ सय ४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १, मोरङका १ जनमा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका १ जनामा संक्रमण देखिएको छ । जनकपुर प्रयोगशालामा धनुषाका ८ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जमा बाराका १ र पर्साका १ जनामा संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २ र नुवाकोटका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै किटजन्य प्रयोगशाला हेटौंडामा बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८ र सिन्धुलीका १ जनमा कोरोना देखिएको छ ।
धुलिखेल अस्पतालमा भएको परिक्षणमा काभ्रेका १ जना संक्रमित फेला परेका छन् । त्यस्तै त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ र पाल्पाका १ जना संक्रमित थपिएका छन् । त्यस्तै जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जनामा संक्रमण देखिएको छ ।
भेरि अस्पतालमा गरिएको परीक्षणमा वर्दियामा १०, दाङका ५ र रोल्पाका १३ जनामा पोजेटिभ देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीका १ जनामा संक्रमण देखिएको छ । चौरजहारीमा गरिएको परीक्षणमा सल्यानका १ र रुकुम पश्चिमका १ जना संक्रमित थपिएका छन् ।
यता, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेलधुराका १, बझाङका १ र डोटीका १ जना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा लम्जुङका २२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, हालसम्म २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ८ सय ७१ जना छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता