भारतलाई नेपालको जवाफः लिम्पियाधुरा र लिपुलेक क्षेत्र हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन


काठमाडौं, १४ साउन । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।
 
पत्रमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ ।
भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता