कोरोना परीक्षणका नाममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा पसल सञ्चालन, परीक्षण दुई दिनदेखि ठप्प


दाङ,२२ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कोरोना परीक्षणको नाममा पसल नै सञ्चालन गरेको आरोप लागेसंगै परीक्षण कार्य दुईदेखि ठप्प बनेको छ । प्रतिष्ठानले पीसीआर परीक्षण वापत प्रति व्यक्ति ५ हजार ५ सय रुपैयाँ माग गरेपछि कोरोना भाईरसको परीक्षण दुई दिनदेखि बन्द गरेको छ । पीसीआर परीक्षणका लागि प्रतिष्ठानले १० वटा पालिकाबाट प्रति पालिका २५ लाख बढी माग गरेको छ ।

कोरोना रोकथामका लागि क्वारेन्टाइन निर्माणदेखि व्यवस्थापनमा लाग्दा खर्च जुटाउन मुस्किल परिरहेका पालिकाहरुलाई प्रतिष्ठानको यो निर्णयले रुनु न हाँस्नुको अवस्थामा पु¥याएको पालिकाका प्रतिनिधिहरुले  बताएका छन् । उनीहरुले प्रतिष्ठानले यस्तो बेलामा पनि कोरोना परीक्षणको लागि पसल नै सञ्चालन गरेको आरोप पनि लगाएका छन् ।
यता प्रतिष्ठानले पालिकाहरुलाई गरेको पत्राचारको भने बेवास्ता गरेको तर्क गर्दै कोरोना परीक्षणको लागि राखिएको मेसिन दुई दिनदेखि बन्द गरेको छ । प्रतिष्ठानले कोरोना परीक्षणका लागि शुल्क लाग्ने बताएपछि स्थानीय तहहरुले प्रतिष्ठानमा स्वाब पठाउन छोडेका छन् ।
प्रतिष्ठानमा कोरोना परीक्षणका स्वाब आउन छोडेपछि प्रतिष्ठानमा रहेका दुईवटा पीसीआर मेसिन बन्द रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । तर प्रतिष्ठानले भने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार ल्याइएका स्वाबलाई मात्र परीक्षण गर्ने दावी गरेको छ ।
‘स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेका पूर्वाधार अनुरुप आएका स्वाब परीक्षण भइरहेको छ, यो र त्यो व्यक्तिको सिफारिसमा आएका स्वाब परीक्षण गरिने छैन’–प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता