संक्रमित घटे, थप १ सय ८० जनामा मात्र संक्रमण, संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो


काठमाडौं, २२ असार । मुलुकमा थप १ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २, सिरहा र खोटाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका १ जना, सिरहा र सुनसरीका १/१ जनामा संक्रमण देखिएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना संक्रमित थपिएका छन् । राजविराज प्रयोगशालामा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १ जना, सर्लाहीका ६ जनामा संक्रमित फेला परेका छन् । भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १ जना थपिएका छन् । त्यस्तै किटजन्य प्रयोगशाला हेटौंडामा नलवपरासीका १ जना, रौतहटका ३ जनामा संक्रमित फेला परेका छन् । धुलिखेल अस्पतालमा भएको परीक्षणमा काभ्रेका ३ जना, नवलपारसीका १, ओखलढ्ंगाका ३, सिन्धुपाल्चोकका १ जना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २ जना, धादिङका १ जना, दोलखाका २, गोरखाका २ जना, झापाका १ जना, कास्कीका १ जना, काठमाडौंका २३, काभ्रेका १ जना, खोटाङका २ जना, ललितपुरका २० जना, मकवानपुरका ५ जना, नलवपरासी पूर्वका १ , रौतहटका ३, संखुवासभाका १ जना, सप्तरीका २ जना, सिन्धुलीका २ जना, सिन्धुपाल्चोकका २ , सिरहा र सुनसरीका १ जना, ताप्लेजुङका १ जनामा, अर्घाखाँचीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, उदयपुरका १ जनामा संक्रमण देखिएको छ । पोखरा जनस्वास्थ्य प्रयोगशालामा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ७ जना, लम्जुङका ११ जना, गोरखाका ५ जना संक्रमित फेला परेका छन् ।
रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा नलवपरासीका ३, पाल्पाका ४ जना,प्यूठानका ४ जनामा संक्रमण देखिएको छ । चौरजहारी नगरपालिकामा जाजरकोटका १ जनामा संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा डडेल्धुराका ५, जुम्लाका १ जना नयाँ संक्रमित थपिएका छन् ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म २९ हजार २सय १५ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार १ सय १ जना छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता