वडाध्यक्ष श्रेष्ठद्वारा प्रहरीलाई भिटिएम हस्तान्तरण


इलाम, १२ भदौः इलाम नगरपालिका वडा नम्वर सातका अध्यक्ष नरेश श्रेष्ठले जिल्ला प्रहरी कार्यालय इलामलाई एक सय थान भिटिएम (स्वाब संकलन गरेर राख्ने भाँडो) हस्तान्तरण गर्नु भएको छ । भिटिएम अभावका कारण स्वाब संकलनमा समस्या हुने गरेको थाहा पाएपछि वडाध्यक्ष श्रेष्ठले आफ्नै लगानीमा भिटिएम हस्तान्तरण गर्नु भएको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय इलाममा एक कार्यक्रमका बिच उहाँले इलामका प्रहरी प्रमुख नविनराज राईलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । 

प्रहरीको सरुवा बढुवा हुँदा एक ठाउँमा कोरोना पोजिटिभ भएर पनि अर्को ठाउँमा जाने भएका कारण कोरोना भाइरस फैलिन सक्ने भएकाले पनि सतर्कता अपनाउन सो सामाग्री हस्तान्तरण गरिउको उहाँको भनाई छ । 

जल्ला प्रहरी कार्यालयमा सरुवा भएर आउने प्रहरीहरुलाई राख्नका लागि भर्खरैबाट प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिर प्रयोग गरिन थालिएको छ । बाहिरबाट आएका प्रहरीहरुलाई क्वारेन्टिनका रुपमा १४ दिनसम्म सो स्थानमा राख्न थालिएको प्रहरी प्रमुख राईले बताउनुभयो । सोहि बाल मन्दिरमा बस्ने प्रहरीहरुलाई लक्षित गरेर भिटिएम बितरण गरिएको बताइएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment