झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको मृत्यु


झापा, भदौ १२ । झापामा कोरोना भाइरसको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहाने मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले पुष्टि गरे । उनी मधुमेह, उच्च रत्तचापको बिरामी थिए ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार मृत्तक बृद्धको परिवारमा उनको नातिनीमा पनि संक्रमणमा देखिएको छ । पछिल्लो पटक गाउँपालिकामा संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment