विश्वकाे सबैभन्दा बढी दैनिक संक्रमित र मृत्यु संख्या भारतमा

 काठमाडौं, १५ भदौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

कोरोनाले आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेको वल्डओमिटरले जनाएको छ । शनिबार भारतमा एकैदिन ७९ हजार ४ सय ५७ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । शनिबार त्यहाँ काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि अरू देशकाे भन्दा बढी ९६० रहेकाे छ ।

गएकाे पछिल्लाे घण्टामा अमेरिकामा ३३ हजार ९ सय ८१ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा १५ हजार ३ सय ५६ जना नयाँ संक्रिमत फेला परेका छन् । शनिबार अमेरिकामा ३ सय ७९ जनाकाे मृत्यु भएकाे छ भने ब्राजिलमा ३ सय ९८ जनाकाे मृत्यु भएकाे वल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म भारतमा काेराेना संक्रमितकाे संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेकाे छ । अमेरिकामा ६१ लाख ७३ हजार बढी संक्रमित छन् भने ब्राजिलमा ३८ लाख ८६ लाखभन्दा बढी संक्रमित छन् ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ४४२ जनाको उपचार भइरहेको छ ।

यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment