चितवनमा एकैदिन ६८ जनामा कोरोना पुष्टि


चितवन, १५ भदाै । चितवनमा आइतबार मात्रै ६८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । आइतबार राति भरतपुर कोभिड–१९ प्रयोगशालाद्धारा गरिएको परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । राति १० बजे सार्वजनिक परिक्षण रिर्पोटमा चितवनका १८ जना , गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

चितवनबाट धुलिखेल अस्पताल पठाईएका ४६७ नमुनामध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यी मध्ये २६ वटा अघिल्लो दिन र ३५ वटामा आईतबार पोजेटिभ पुष्टि भएको हो । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको २०१ वटाको नमुना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाले राति १० बजे शार्वजनिक गरेको सुचनामा पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । उनीहरुको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

आइतबार चितवन मेडिकल कलेजमा भएको स्वाव संकलनको नतिजा आउन बाँकी रहेको छ । योसँगै जिल्लाका संक्रमितको शङख्या झण्डै ७ सय पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment