ठगी र शरीर बन्धक गराएको आरोपमा लिखु तामोकासी गाउँपालिका अध्यक्ष पक्राउ

रामेछाप, ३० साउन । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष खड्कालाई गाउँपालिकाद्धारा सञ्चालित विकास निर्माण योजनमा स्थानीय उपभोक्ता समितिको पदाधिकारीलाई बन्धक बनाएर खाली चेकमा हस्तारक्ष गर्न लगाएको आरोपमा पक्राउ गरेको रामेछापको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, ठगी गरेका, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको भनि तीन वटा उजुरीहरु परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

स्थानीय उपभोक्ता समिति र गाउँपालका अध्यक्ष खड्काबाट ठगिएका ब्यक्तिहरुको उजुरीको आधारमा अध्यक्ष खड्कालाई प्रहरीले सदरमुकाम मन्थलीबाट आज दिउसो पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment