सिन्धुलीमा ७ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

सिन्धुली १५, भदौ । सिन्धुलीमा पनि ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत ७ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख रन्जु सिग्देलका अनुसार १२ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षण गरिएको मध्ये ७ जनामा कोरोना भाईरस पोजिटिभ देखिएको हो ।

कोरोना भाईरसको संक्रमण देखिएकाहरु सबै दुईसाता अघि २ नम्बर प्रदेशबाट सिन्धुली सरुवा भई आएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनीहरु सरुवाभई आएर प्रहरी कार्यालयको क्वारेन्टाईनमा बस्दै आएको प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीमा पहिलो पटक यति धेरै सुरक्षाकर्मीमा एकैपटक कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment