इलामको रोङमा पहिरोको कारण मेची राजमार्ग अवरोध, सवारी अवतजावत ठप्प


इलाम, १६ भाद्र, पूर्विपहाडको एकमात्र राजमार्ग मेची राजमार्ग पहिरोको कारण अवरोध भएको छ । इलामको रोङ गाउँपालिकाको जोरकलस कुटीडाँडा खण्डमा पहिरोको कारण राजमार्ग अवरोध भएको हो । गए राति देखि आएको अभिरल वर्षका कारण राजमार्गमा पहिरो गएको हो । पहिरो हटाएर बोटो सुचारु गर्ने प्रयस भई रहेको र पहिरो हटाउन समय लाग्ने पनि हाम्रा सहकर्मी गगन घिमिरेले जानकारी दिएका छन् ।

झाप, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गका विभिन्न खण्डमा पहिरो जाने गरेको र स्थानीयतहरुले अफुखुसी खनेका शाखा सडको कारण अहिले मेची राजमार्ग कुरुप हुँदै गएको छ भने कालो पत्रे उप्किएर कच्ची सडक जस्तो बनेको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment