अरुणाचल भारतको होइन हाम्रो हो : चीन

एजेन्सी, २२ भदौ । चीनले अरुणाचललाई चीनको दक्षिणी तिब्बतको क्षेत्र रहेको दाबी गरेको छ।

चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियांगले भने, ‘चीनले कथित अरुणाचल प्रदेशलाई ‘कथित’ रुपमा मान्यता दिएको छैन, अरुणाचल चीनको दक्षिणी तिब्बतको क्षेत्र हो।
हामीले पाँच भारतीय सेना यस क्षेत्रबाट हराइरहेका भारतीयको बारेमा प्रश्न प्राप्त गरेका छौं, तर अहिले हामीले यसका बारेमा कुनै जानकारी पाएका छैनौं ।’
भारतीय सेनाले अरुणाचल प्रदेशको ऊपरी सुबनसिरी जिल्लाबाट ५ जना अपहरणमा परेको दाबी गरेको छ। भारतीय सेनाले ‘पीपुल्स लिबरेशन आर्मी’ (पीएलए) का सैनिकले अपहरण गरेको दाबी गरेको थियो । तर चीनले यो अस्वीकार गरेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment