प्रदेश १ मा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ सय ५५ संक्रमित थपिए

विराटनगर, २२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् भने ५२ जना डिस्चार्ज भएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विराटनगरमा सोमबार ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष, झापाको कन्काईमा ७ महिला ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ २२ गते सम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आजसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो । जस्मा १ हजार ९ सय ४४ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ६ सय ८६ , सुनसरीमा १ हजार ५६ रहेका छन् भने उदयपुरामा १ सय १८ रहेका छन् ।

यसैगरी इलाममा ८८ ,खोटाङमा २२ , ओखल्ढुङगामा २२ , धनकुटामा ४२ , तापलेजुङमा १२, तेह्रथुममा २८ ,सोलुखुम्बुमा ८ , पांचथर २३, भोजपुरमा १३ ,संखुवासभामा ४० र अन्य ७७ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment