प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण, ४ हजार १ सय ७७ को रिपोर्ट पोजेटिभ

विराटनगर, २२ भदौ । प्रदेश १ भदौ २२ गते सम्म १ लाख बढीको पीसीआर परीक्षण भएको छ । जम्मा १ लाख ३ हजार ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार १ हजार ८ सय ६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा मोरङमा सवैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएका छ । परीक्षण गरिएका मध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण शुरु गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment