कोशी अस्पतालमा कोरोना संक्रमित एक ७६ वर्षीय वृद्धकाे मृत्यु

विराटनगर, २२ भाद्र । विराटनगरस्थित कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा विराटनगर वडा नं. १० घर भएका एक ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

यही भाद्र १० गते कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धलाई श्वास-प्रश्वासमा समस्या आएपछि २० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्रको आइसोलेसनमा उपचारकै क्रममा उनको सोमबार बिहान साडे ३ बजे मृत्यु भएको कोभिड व्यवस्थापनका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मृतक वृद्धमा उच्च रक्तचापको समस्या रहेको र सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको संयोजक बस्नेतले जानकारी दिनुभयो । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ, जसमा प्रदेशभित्रका ३१ जना र प्रदेश बाहिरका १२ जना रहेको प्रदेश १ सामजिक विकास मंत्रालयले जनाएको छ ।

विराटनगरमा मात्र अहिलेसम्म काेराेना संक्रमणका कारणले मृत्यु हुनेको सख्या १८ पुगेको छ । मोरङ जिल्लाभित्र मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मृतक वृद्धको शव व्यवस्थापन थलाहास्थित नेपाली सेनाको सुर्यदल गणले गर्ने संयोजक बस्नेतले बताउनुभयो ।

न्युज२४बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment