विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनाकोरोना संक्रमितथपिएका छन् भने ४४ जना डिस्चार्ज भएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीयतहनखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १०पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।
ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतहनखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ । हाल सम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सोमबार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २१ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा ३ हजार २ सय ९२ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ८ सय ३९ , सुनसरीमा १ हजार ७ सय ६३ रहेका छन् भने उदयपुरामा १ सय ३१ रहेका छन् । यसैगरी इलाममा ९२ ,खोटाङमा २६ , ओखल्ढुङगामा २८ , धनकुटामा ४९ , तापलेजुङमा १६, तेह्रथुममा ३१ ,सोलुखुम्बुमा ८ , पांचथर ३१, भोजपुरमा २९ ,संखुवासभामा ७९ र अन्य १ सय ३२ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment