काठमाडौं उपत्यकामा संक्रमितको संख्याले उचाई छुँदै, सोमबार फेरि ८ सय १७ संक्रमित थपिए

काठमाडौं, १२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३२ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३६ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २२ हजार २ सय ९६ पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार १ सय ३०, ललितपुरमा २ हजार २ सय ३२ जना र भक्तपुरमा १ हजार ९ सय ६४ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment