इलाममा १२ बर्ष अगाडी सामुहिक रुपमा जवरजस्ति करणी गरी फरार रहेका २ जना पक्राउ


इलाम, ५ असोजः जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले  जवरजस्ती करणी गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला चुलाचुली गाँउपालिका ०३ बस्ने बर्ष ३० को मिलन राई भन्ने अनिश राई र सोही स्थान बस्ने बर्ष ३१ को जित कुमार राई भन्ने निश्चल राई रहेका छन् । निजहरुलाई खोजतलासको क्रममा असोज ४ गते पक्राउ गरेको हो ।  उनीरु   २०६४ सालमा जिल्ला झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका निजहरु दुबैलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ बर्ष १ महिना १५ दिन कैद र दुबैलाई जनही एक्काइस हजार जरिवाना तोकिएको थियो । निजहरुलाई सम्मानित इलाम जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि सोमबार नै  कारागार कार्यालय इलाममा पठाईएको छ । उक्त मुद्दामा एकजना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरीरहेको र एक जना अझै फरार भएका र निजको खोजतलास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराइको छ । 

त्यसै गरी फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरार प्रतिबादीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोत तलासको क्रममा निम्न स्थान बस्ने निम्न सजायरमुद्दा भएका फरार ब्यक्तिहरुलाई प्रहरीले पक्राउ  गरेको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment