बलिउड अभिनेता सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती पक्राउ

एजेन्सी, २३ भदौ । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले नियन्त्रणमा लिएको छ।

एनसीबीले रियालाई बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको सम्बन्ध रहेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको जनाइएको छ । एनसीबीले उनलाई विगत केही दिन सोधपुछ गरेको थियो। उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले पक्राउ गरिसकेको छ।

अभिनेता सुशान्तसिंहको मृत्युको घटनामा यो तेस्रो गिरफ्तार हो। सुशान्तसिंह राजपूतको मृत्युको सम्बन्धमा सीबीआई अनुसन्धान गरिरहेको छ तर यो पक्राउ एनसीबीले लागुपदार्थको कारोबारमा गरेको बीबीसीमा उल्लेख छ।

सीबीआई अनुसन्धानमा लागूपदार्थको कारोबार सम्बन्धी केहि नाम उजागर भएको थियो, त्यसपछि एनसीबीले मुद्दाको छानबिन सुरु गर्यो।

एनसीबीले यसअघि लिंक जोड्दै ड्रग्सको कारोबारमा संलग्न केही व्यक्तिलाई सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा लिएको छ।

तीन केन्द्रीय अनुसन्धान एजेन्सीहरुले सुशाँतको घटनाबोर अनुसन्धान गर्दै छन्। पैसा लेनदेनको घटना ईडीले अनुसन्धान गरिरहेको छ, सीबीआईले गरेको मृत्युको मुद्दा र लागू पदार्थको सम्बन्धमा एनसीबीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment