पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

काठमाडौं, २३ भदौ । मुलुकमा थप ९ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १ जना, उदयपुरमा २ जना, ओलखढुंगामा १३ जना, झापामा १६ जना, मोरङमा ५१ जना र सुनसरीमा ३८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा ३३ जना, पर्सामा १४ जना, बारामा १२ जना, महोत्तरीमा ४ जना, रौतहटमा ८ जना, सप्तरीमा १८ जना, सर्लाहीमा ६ जना,सिरहामा ४ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ३०० जना, काभ्रेमा २ जना, चितवनमा २० जना, दोलखामा २ जना, धादिङमा ८ जना, नुवाकोटमा ३ जन, भक्तपुरमा ५७ जना, मकवानपुरमा २४ जना, रामेछापमा ८ जना, ललितपुरमा ३८ जना, सिन्धुपाल्चोकमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३० जना, गोरखामा १८ जना, तनहुँमा ३ जना, नवलपरासी पूर्वमा ७ जना, पर्वतमा १ जना र लमजुङमा २ जना, बाग्लुङमा १० जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, कपिलबस्तुमा १ जना, गुल्मीमा १ जना, दाङमा ३ जना, नवलपरासीमा १ जना, बर्दियामा ७ जना, बाँकेमा ५ जना, रुपन्देहीमा २१ जना, रोल्पामा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको दैलेखमा १ जना र सुर्खेतमा १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ जना र कैलालीमा ७७ संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment