कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना भाइरसको संक्रमण देखियो

 काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो । उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुनः स्वाब परीक्षण गरेको हो ।
दोस्रो पटक परीक्षण गरिएको स्वाबको रिपोर्ट मंगलबार दिउँसो २ बजेसम्म दिने भने पनि अहिलेसम्म अस्पतालले नदिएको बताइ्रएको छ ।

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा कोइरालाको स्वाब ह्याम्समा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको छ । कोइरालामा ज्वरोबाहेक अरू कोरोनाका लक्षण देखिएको भने छैन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment