इलामको माइमा शिक्षक हत्या गर्ने अभियुक्त पक्राउ


इलाम, २ कातिकः इलामको माइ नगरपालिकामा शिक्षको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माइ नगरपालिका वडा नं. १ वस्ने ४५ वर्षका पदम वहादुर राई रहेका छन । उनलाई असोज २९ गते मृत भेटिएका माई नगरपालिका एक विहिबारे वस्ने शिक्षक पुष्पलाल राईको हत्याको अभियोगमा पक्राउ गरेको हो । 


उनलाई असोज २९ गते   पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको स्थानीयले सूचना दिए पछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक नबिनराज राईको नेतृत्वमा ७ जनाको प्रहरी टोली घट्नास्थलमा खटीएको थियो । 

घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियारद्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल  संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा ‘लैला’ नामको अनुसन्धान गर्न कुकुर झिकाई ट्रयाकिङ गराई  राईलाई पक्राउ गरेको हो । 

मृतक लाशको घट्नास्थल शव जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शबलाई पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाएको थियो । 

राईलाई पक्राउ गरेर घटनामा प्रयोग भएको खुकुरी तथा अन्य सबुत संकलन गरी सम्मानित इलाम जिल्ला अदालत इलामबाट हिरासतमा राख्नेब अनुमति लिई थप अनुसन्धान भईरेहकोमा प्रारम्भिक अनुसन्धानमा निजले घटनामा संलग्नन भएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment