कोरोना संक्रमणबाट इलाममा एक जनाको मृत्यु


इलाम, १ कातिकः इलाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाकी एक ८ वर्षिय वालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बिराटनगरको नोवेल अस्पतालमा मृगौलाको उपचार गराई रहेकी वालिकामा कोरोना असोज २९ गते कोरोना पुष्टी भएको थियो उनलाई अस्पतालले उपचार गर्न नसक्ने अवस्था धेरै कम्जोर भएको भने पछि घर ल्याउँदा ल्याउँदै झापाको चारआलिका उनको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयले बनाएको कोरोना संक्रमितको स्वास्थ्य मापडण्ड अनुसार उनको आज इलामको करफोकामा नेपाली सेनाले अन्यष्टी स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी गराए । इलाममा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment