प्रदेश १ मा इलामका तीनजना सहित ४४७ सङ्क्रमित निको भए, २०७ नयाँ सङ्क्रमित थपिए


विराटनगर, ५ मंसिर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा ७७४ जनाको पीसीआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन–तीन इलाम र धनकुटामा दुई–दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment