प्रदेश १ मा इलामका तीन सहित १३५ काेराेना संक्रमित थपिए, ३६८ डिस्चार्ज


विराटनगर, ६ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय ६८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ६५ र न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ ।

मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३, झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा शनिवार ४ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार ६सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment