रौतहटमा एक युवतीको गोली हानी हत्या

रौतहट, २७ कार्तिक । रौतहटमा फेरि एक युवतीको हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ निवासी १८ वर्षिया युवती अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

उनलाई गएराती ११ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिबिक्रम साहले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक साहका अनुसार युवतीको टाउकोमा गोली लागेको छ । हाल सो स्थानमा प्रहरीको टोली पुगेर घटनास्थल सिल गरिसकेकाे छ भने थप अनुसन्धान गरिरहेको छ ।  युवतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment