प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव

 काठमाडाैं, १२ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाका प्रचण्ड-नेपाल पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

बिहान साढे १० बजे ३७ जना सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्तावमा दर्ता गरेकाे प्रदेश सभा सदस्य इन्द्र आङ्बोले न्युज २४ लाई जानकारी दिनुभयो । प्रदेश सभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

६७ जना पुर्ब नेकपाको सदस्यहरुमा ३७ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश सभामा सचिवालयमा सचिव गोपाल प्रसाद पराजुली समक्ष अविस्वासको प्रस्ताव दर्ता गरेको हो ।

यसअघि आइतवार नै एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका छन् । आइतबार बिहान ८ बजे सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्य विजयकुमार विश्वासले सामूहिक राजीनामा थिए ।

प्रदेश १ मा जम्मा ९३ सांसद छन् । नेकपा मात्र ६७ सांसद रहेकामा प्रचण्ड-नेपाल पक्षका ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

यसअघि बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध ४५ सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment