मुख्यमन्त्री राईद्वारा प्रदेश एकका आर्थिक मामिलामन्त्री आङ्बो बर्खास्त

विराटनगर, ११ पुष । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई शनिबार (आज) पदमुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले आङ्बोलाई बर्खास्त गरेको जानकारी दिनुभयो । यसैबीच मन्त्री आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिनुभएको छ ।

मन्त्री आङ्बो पूर्व माओवादी कोटाबाट मन्त्री हुनुभएको थियो । योसँगै प्रदेश नं १ मा पनि गुटको जोड घटाउ सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment