नेकपाभित्रको अन्तरविरोध : एमाले र माओवादी बन्ने बाटो

 

  • नवराज शंकर 

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अहिलेको अन्तरविरोध #रुपमा केही पार्टीका नेताहरु यताउता गएको (माओवादीहरु एमालेमा र एमालेहरु माओवादीमा) देखिए पनि सारमा अहिलेको नेकपाभित्रको मुख्य कुरा भनेको हिजोका दिनमा जस्तै एमाले र माओवादी बन्ने बाटो नै हो ।

तसर्थ; रुप पक्ष हेरेर अल्मलिने होइन । सार पक्षमा ध्यान दिएर आ-आफ्नो दृष्टिकोण बनाउने हो ।

२. नेपालमा कम्युनिष्ट पार्टीहरु बीचको एकता आम इमान्दार कम्युनिष्ट नेता, कार्यकर्ता एवं शुभेच्छुक, शुभचिन्तकहरुको एकमात्र चाहना थियो । नेताहरुको व्यक्तिगत स्वार्थका कारण दुई बर्ष छ महिनामा पार्टी नेता कार्यकर्ताहरु आ-आफ्नो बाटो लाग्न बाध्य हुनुपर्ने मोड आएको छ । अन्ततः नेकपाभित्रको आजको लडाईं झगडा राजनीतिक, सैद्धान्तिक नभई पार्टीका केहिथान नेताहरुको स्वार्थ र इगोको परिणाम हो भन्ने सबैले बुझेकै अवस्था छ । 

३. पार्टी एकता सिद्धान्त, नीति, कार्यक्रमको जगमा भन्दापनि एकातिर प्रधानमन्त्री हुने हतारो एवं सो को सुनिश्चितता एवम् अर्कोतिर जनमत सकिन लागेको पार्टीको सेफ ल्याण्डिङ्ग नै थियो भन्ने प्रमाणित भएको छ । तसर्थ राजनीतिमा सामान्य बुझाई राख्नेहरुले आजको दिनको पुर्वानुमान पार्टीको एकता भएकै बखत गरेकै थिए ।

४. नेपाली कम्युनिष्ट आन्दोलनमा पार्टीका सबै आदरणीय नेता कमरेडहरुको योगदान रहेको कुरालाई कसैले नकार्न सक्दैन । यति हुँदाहुँदै पनि सबैका आ-आफ्ना आनिबानी र स्वभावहरु छन् । आजको परिणामको मुख्य कारण त्यै पनि हो । तसर्थ हिजो एउटै पार्टी र एउटै कमिटीहरुमा बसेर काम गर्नुभएका कमरेडहरु; एकआपसमा निकृष्ट किसिमका गाली गलौजमा माथिदेखी तलसम्म कतैपनी नलागाैं । यो जे भइरहेको छ, अत्यन्तै अनर्थ भइरहेको छ ।

५. कानुनी र वैधानिक रुपमा पार्टी विभाजनको अन्तिम टुङ्गो लाग्न बाकी रहेपनि राजनीतिक रुपमा पार्टी विभाजन भई नै सकेको छ । हार्दिकतापुर्वक आ-आफ्नो बाटो तय गरौं; एकले अर्कालाई सद्भाव र शुभकामना नै व्यक्त गरौं ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment