पाथीभरामन्दिर नजिकैको जंगलमा भीषण डढेलो, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ, ११ पुस । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानिय कमल विष्टले जानकारी दिए ।डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको उनको भनाई छ । सो क्षेत्रमा पानीको पनि अभाव भएको र विषेशगरि गभ्रे सल्लाको जंगल भएकाले पनि डढेलो नियन्त्रण बाहिर रहेको छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको विष्टले बताए । उनका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ । यो क्षेत्र लोपुन्मुख रेढपाण्डा (हाब्रे) को वासस्थान भएको क्षेत्र हो ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ । यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको स्थानिय बताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment