आज सतबीज छर्ने दिन, यसपटक कोरोनाका कारण पशुपतिलगायत क्षेत्रमा शतबीज छर्न नपाइने

 आज आइतबार शतवीज छर्ने दिन । यस दिनलाई मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ । यस दिनमा मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।

नेपाल र भारतका विभिन्न शक्तिपीठ लगायत त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तीर्थालुहरुको घुईँचो लाग्ने गर्छ । तर यसपटक कोरोना महामारीका कारण धेरै शक्तिपीठ र धामहरुमा शतबीज छर्न निषेध गरिएको छ ।

शतवीज भन्नाले पितृ उद्धारका लागि धार्मिक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन लगायत अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

सतबीजकारुपमा छरिने अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । शतवीज छर्ने विषयमा ठाँउअनुसार फरक फरक चलनहरु रहेकाले केही स्थानमा चना, तील, मकैहरुपनि राखेर पनि शतवीज छर्ने चलन रहेको छ ।

अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन पनि केही ठाउँमा पाइन्छ ।

यसरी शतवीज छर्नका लागि चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राति जाग्राम वसेर दिप प्रज्वलन गर्दै तथा भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलिपल्ट विहानै नुहाई धुवाई चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ ।

यसरी पृथ्वीलोकमा छरिएको शतवीज पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता हिन्दू धर्ममा उल्लेख गरिएको छ ।

काठमाडौको पशुपतिनाथका साथै किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको अर्जुनधारा जलेश्वरधाम, चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा सतबीज छर्ने परम्परा रहिआएको छ ।

पितामाता, हजुरवुवा, हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पूरागर्न नसकेमा या कुनै त्रुटि भएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तीन पटक डुबुल्की मारेर शुद्ध भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास हिन्दू धर्मावलम्बीहरुमा रहिआएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment