शीतलनिवास पुगिन् चिनियाँ राजदूत यान्छी


काठमाडौं, ७ पुस । चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नु भएको छ । शतिलनिवास स्रोतका अनुसार उहाँ मंगलबार साँल ६ बजेतिर राष्ट्रपति भण्डारीलालई भेट्न पुग्नु भएको हो ।

प्रधानमन्त्री समेत रहनु भएका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले आआफ्नै पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरिरहेको बेला राजदूत यान्छी शीतलनिवास पुग्नु भएको हो ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रप


ति विद्यादेवी भण्डारीले संसद विघटन गजर्न भएको थियो । त्यसपछि सरकारको व्यापक विरोध भइरहेको छ । जसका कारण नेकपा विभाजन हुने संघारमा छ । तर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग राजनीतिक नभइ कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा कुरा गर्न सक्ने अनमान गरिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment