एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालको एकमात्र क्लब ‘त्रिभूवन आर्मी’


इलाम, ७ पुष । एसियाली फुटबल महासंघ (एएफसी)बाट फुटबल क्लब लाइसेन्स विभागीय टोली त्रिभूवन आर्मीले प्राप्त गरेको छ ।

योसँगै त्रिभूवन आर्मी क्लब लाइसेन्स प्रप्त गर्ने पहिलो नेपाली क्लब बनेको छ । मंगलरबाट आधिकारिक रुपमा त्रिभूवन आर्मी क्लबले लाइसेन्स प्राप्त गरेको प्रशिक्षक नविन न्यौपानेले बताए ।

अब नेपालबाट आर्मीले मात्र एएफसीले आयोजना गर्ने क्लब स्तरीय प्रतियोगिता एएफसी कप खेल्न पाउनेछ । लाइसेन्स प्राप्त गरेसँगै त्रिभूवन आर्मी क्लबको नाम ‘त्रिभूवन आर्मी फुटबल क्लब’ बनेको छ ।

त्रिभूवन आर्मी फुटबल क्लवले यसअघि गरेको आवेदनमा केही प्रक्रिया कमी हुँदा लाइसेन्स पाउनबाट बन्चित भएको थियो । पछि आफ्नो आवेदनमा भएको कमजोरी सच्च्याउँदै आर्मीले अपील समितिमार्फत आवेदनमा पुनर्विचार गर्न अपील गरेको थियो ।

त्यसपछि आर्मीको आवेदनले एएफसीले तोकेका १८ वटा मापदण्ड पूरा देखिएपछि एएफसी लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी गराए ।

एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स शुरु गर्दै सन् २०१८ देखि अनिवार्य रुपमा यसलाई लागू गर्ने नियम बनाएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment