सडक धुलाम्मे भएकाे भन्दै स्थानियद्वारा कटारी-घुर्मि सडक खण्ड बन्द


 उदयपुर, ७ पुष । सिद्धिचरण राजमार्ग अंतर्गत कटारी-घुर्मि सडक खण्ड स्थानियले सडक बिस्तारका क्रममा धुलाम्मे भयो भन्दै स्थानीयले यातायात बन्द गरेका छन् । धुलो कम गर्ने समय-समयमा पानी हाल्न र समयमै काम सम्पन्न होस् भन्ने चेतावनी स्वरुप स्थानीयले राजमार्ग बन्द गरेका हुन् ।

राजमार्गको कटारीको मरुवामा स्थानीयले टायर बालेर ३ घण्टा सडक अबरुद्ध गरेका थिए । ‘सडकमा ठूला ठूला खाल्डाखुल्डी छ, साइकल र बाइकमा हिन्नेको दुःखेसो अर्कै छ , एक सरो लाएको कपडा फेरी लगाउला भन्नु त सपना जस्तै भएकाे छ,’ कटारी ४ मरुवाका स्थानिय युवा कौशल कोइरालाले भने, ‘धुलोले गर्दा माइक्रो, ट्याम्पो, बसमा पनि यात्रा सकिँदैन ।’

सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन्, त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि चौपट भएको व्यवसायी बताउछन् । उनीहरू सडकमा दिनभरि उड्ने धुलोका कारण आफ्नो ब्यापार डुब्ला भन्ने चिन्ता थपिएको बताउछन् । ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरेको भएपनि पानी नहालेको व्यवसायी जमान सिंह बस्नेतले बताए । ‘धुलोले कुहिरो लागे जस्तै हुन्छ सडक समयमा नबन्दा स्थानीयको आफ्नो खानामा समेत धुलो पुग्ने गरेको स्थानिय युवा आशिक कटुवालले बताए।

कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालो पत्रे गर्ने भनेर ठेकेदारले काम शुरू गरेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीयहरु धूलोबाट आजित बनेका हुन् ।

सडक अबरुद्ध भएपछि धुलाे उड्न नदिन दिनमा २ पटक पानी हाल्ने सहमति भएसँगै सडक सुचारु भएको कटारी ४ का वडा अध्यक्ष कृष्ण राज दनुवारले जनाकारी दिए । उक्त सडक खण्डमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरेको हो ।

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा त्यहाँ काम थालिएको हो । २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार  ३२ सय मिटरमा कालोपत्रे गरिने उक्त सडक खण्डको काम समयमा ठेकदारले नगर्दा समस्या भएको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment