देशभरका प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारकाे निर्देशन

काठमाडौँ, ७ पुस । सरकारले पछिल्लाे परिस्थितिलाइ ध्यानमा राखी देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएकाे छ ।

सरकारले प्रतिनिधिसभा विघटनपछि गरेपछि उत्पन्न परिस्थितिका कारण त्यसको समर्थन वा विरोधमा प्रदर्शन वा हुलदंगा हुन सक्ने भन्दै शान्ति-सुरक्षाका लागि सतर्क रहन गृह मन्त्रालयले निर्देशन दिएकाे हाे ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई एक परिपत्र जारी गर्दै मन्त्रालयकाे अनुमतिबिना जिल्लाल छाडेर अन्यत्र नजान निर्देशन दिएकाे हाे । वकसित घटनाक्रम र यसले निम्त्याउने सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म बिदा समेत नबस्न भनिएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment