इलामका चन्द्रकुमारको झापामा भएकाे सवारी दुर्घटनामा मृत्यु


इलाम, १० पुसः  झापामा बिहिवार भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ।

बिहिवार दिउँसो सवा ४ बजेको समयमा झापाको कन्काई नगरपालिका ४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385  नम्बरको ग्यास बोक्ने ट्याङ्करले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो।

ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक इलामको माई जोगमाई गाउँपालिका ४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाई ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए। घाईतेहरुलाई उपचारको लागी बिएण्डसि अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकलमा पछाडी सवार रहेका चन्द्र कुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको हो।

ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment