इलामको ऐतिहासिक साँस्कृतिक सम्पदा चियाबारीे दोहनको विरोध


इलाम, २९ मंसिरः इलामबजारको साविक वसपार्कमा वहुतले सिनेमा हल सहितको ट्याक्सी पार्किङको निर्माण कार्यको लागि माटो सम्याउने काम भई रहेको छ । सोही क्रममा इलामको १५७ वर्ष लामो इतिहास बोकेको इलाम चिया कमानमा रहेका चियाका बोटहरु समेत उखलिएको छ । आइतबार रातारात डोजर चलाएर सो वोटहरु उखलिएको हो । लगभग १० मिटर चियाबजानमा  डोजर लगाइएको छ । स्थानीय वसीहरु यसको विरोध सामाजिक संजालमार्फत गर्न थालेका छन् । 

इलामको ऐतिहासिक साँस्कृतिक सम्पदाको दोहन गर्न नपाईने भन्दै इलाम वसीहरु विरोध गर्न थालेका छन् । विश्व वाटै लोप हुन लागेका चियाका प्रजाति रहेको इलाम चियाबगान सरकारले नै दोहन गर्न थाले पनि यसको आक्रोस सामाजिक संजालमा पोखिएको हो । 

स्थानीयलाई सास्ती

यता वसपार्कवसी भने मौन रहेका छन सवै जना रमिते भएका छन् । निर्माण कम्पनीले कानुन विपरीत ट्याक्टरमा बाटोनै जाम गर्ने गरी माटो ढुवानी गरीरहेको छ । ट्राफिक नियमको धज्जी उडाउँदै ट्रलिभरी माटो हालेर नछोपिकन बाटो भरी झादै हिड्दा समेत स्थानीय प्रसासन मौन रहेको छ भने स्थानीहरु रमिते बेनेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment