इलाम बजारमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन


इलाम, १८ मंसिर :  प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको इलाम चोक बजारमा पुत्ला दहन गरिएको छ । नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला दहन गरेको हो । बुधबार मात्र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा उनीहरु आन्दोलित भएका छन् । उनीहरुले हालको सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिरुद्ध चर्का नारा समेत लगाएका थिए । कार्यक्रममा संवोधन गर्दै नेवि संघ इलामका अध्यक्ष प्रकाश भट्टराईले हालका सरकारले भ्रष्टाचारी, बलत्कारीलाई आश्रय दिएको,  सोझ जनतामाथी आक्रमण हुँदा पनि कारबाही नगरेको बताएका थिए । 

उनीहरुले प्रहरी जनताको भन्दा वढि नेकपा नेता र कार्यकर्ताको चाकरी गर्न थालेको भन्दै नेकपा प्रहरी मुर्दा बाद समेत भन्दै नारा लगाएका थिए । 

इलाम चोक बजार जिल्लाकै बढि मान्छेको भिडम्भाड हुने क्षेत्र हो । प्रहरी बिट यहिँ छ । तर नेबी संघका कार्यकर्ताहरुले पुत्ला दहन गर्दै गर्दा प्रहरी पुगे पनि उनीहरुले मौन रहेर उनीहरुको जुलुस नियाली मात्र रहे । केही प्रहरीले जल्दै गरेको पुत्ला निभाउन खोजेपनि नेबिसंघ कार्यकर्ताहरुले बल प्रयोग गरेर प्रहरीलाई पन्छाएको थियो । करिव १० मिनेटसम्म नारा लगाएपछि मात्र थप प्रहरी सो स्थानमा आएका थिए । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment