१९ गते देखी २४ गतेसम्म नगरमा लकडाउन गर्न ब्यवस्थापन केन्द्र इलामलाई अनुरोध


मंगलबारे, १८ मंसिरः इलाम नगरपालिका कोरोनाको उच्च जोखिमा परेको भन्दै नगरपालिकाले १९ गते देखी २४ गतेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गराउन कोभिड १९ संकट ब्यवस्थापन केन्द्र इलामलाई अनुरोध गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले सो अनुरोध गरेको हो ।  

। जिल्लाको सदरमुकाम समेत रहेको नगर क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको छ । बुधबार १५ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । भने त्यसअघि १४ गते मात्र १८ जनामा कोरोना पोजिटिभ देखिएको थियो । २० जनाको परिक्षण गर्न पठाइएकोमा १५ जनामा संक्रमण देखिएपछि नगरबासी त्रसित भएका छन् । सामाजिक अभियान्ता, स्थानिय राजनितिक दलमा आवद्धहरुले सामाजिक सञ्जाल मार्फत नगरपालिका शिल गर्न भन्दै दवाद दिँदै आएको थियो । त्यसपछि आज नगर कार्यपालिकाको बैठक बसेर नगरभित्र एम्बुलेन्स बाहेकका यातायात सेवा, बैंकिङ सेवा, सरकारी कार्यालय हटबजार बन्द गराउन अनुरोध गरेको हो । 


हालसम्म नगर क्षेत्रबाट परिक्षणका लागि पठाइएको १ हजार ६ सय ६५ जना मध्ये ११७ जनामा संक्रमण देखि सकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

यता कोभिड १९ संकट ब्यवस्थापन केन्द्र इलामका संयोजब तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले आफु बाहिर रहेको जानकारी दिनुभयो । उहाँले रासससँग कुरा गर्दै आफुलाई सो जानकारी आएपनि बेलुका सम्ममा यसबारे निर्णय हुने बताउनुभयो । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment