इलाम नगरपालिकाद्वारा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा


इलाम, १८ पुषः इलाम नगरपालिकाले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई इलाम अस्पताल वा साँखेजुङ्गस्थित वर्थिङ्ग सेन्टर ल्याउन र लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । सुत्केरी महिला बाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरबासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट १० लाख ४० हजार ३ सय १७ रुपैयाँमा नेपाल सरकारको राजश्व छुट सुविधामा खरिद गरिएको सोे एम्बुलेन्स सेवा इलामसीले प्राप्त गर्न सक्ने छन् ।   एम्बुलेन्सले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई प्राथमिकताका साथ सेवा दिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment