नेकपा विवादः इलाममा नेकपा संसदीय दलको कार्यकता भेला


इलाम, १८ पुसः  नेकपा इलाम नगरपालिका पार्टी संसदिय दल तथा कार्यकर्ताहरुको संयुक्त भेला भव्यताकासाथ आज इलाम नगरपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । ओली पक्षका कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रम नेकपा केन्द्रीय सदस्य एवं नगर प्रमुख, संसदिय दलका नेता महेश बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य, पार्टी जिल्ला अध्यक्ष एवं प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री  रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु गणेशप्रसाद बराल, पदम भण्डारी र नरेन्द्रनाथ भट्टराईले मन्तव्य राखेका थिए ।

पार्टी जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, पार्टी जिल्ला सल्लाहकारहरु, नगर उपप्रमुख सुशिला नेम्वाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यसहितका जनप्रतिनिधिहरु, पार्टी क्षेत्रीय समन्वय कमिटी, नगर कमिटीका नेता कार्यकर्तासहित सयौंको सङ्ख्यामा उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पार्टीको नगर कमिटी सचिव क। नरेन्द्र खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा नगरका प्रमुख सचेतक नारद लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

साथै अजै अध्यक्ष राम रानाले हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै शुक्रबार नेकपाका प्रचण्ड, झनाथ पक्षले गरेको निर्णय गुटको निर्णय भएको भन्दै त्यसतो भ्रमको पछि नलाग्न पनि कार्याक्रतालाई अनुरोध गरेको छ । 

विगतका राष्ट्रिय निर्वाचनहरुमा बर्चस्व कायम राख्दै आएका खनाल र नेम्बाङ पार्टीमा देखिएको विभाजनपछि आफ्नो साख जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । झापा आन्दोलनताका सँगै मैदानमा उत्रिएर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताद्वय अन्ततः चार दशकपछि दुई ध्रुवमा विभाजित भएका हुन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment