नेकपा विवादः इलामका अध्यक्ष राम राना हटाएर भक्त केसीलाई पदस्थापन


इलाम, १८ पुसः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको असर इलाममा पनि परेको छ । प्रचण्ड झलनाथ समूहले इलाम जिल्ला कमिटी इलामको पुर्ण बैठक भन्दै शुझबार  पार्टीको जिल्ला सचिव कमरेड सिन्धु राइको अध्यक्षतामा वैठक वसी विभन्न निर्णय गरेको छ । बैठकमा पार्टीको केन्द्रिय सदस्य एवं इलाम इन्चार्ज धिरेन्द्र धर्मा (रमण)को प्रमुख आतिथ्यता साथै प्रदेश सदस्यहरु मणिकुमार लिम्बु, खिनु लङ्वा, ध्रुव श्रेष्ठ, कान्छा लावति, उर्मिला तामाङ, पार्टी नेता राम राइ र प्रवीण तिम्सिनाको उपस्थितिमा जिल्ला कमिटीको बहुमत सदस्य उपस्थितमा जिल्लाको पुर्ण बैठक महत्त्वपूर्ण निर्णयहरु गरेको नवन्युक्त कार्यालय सचिव प्रकास परियारले वताए ।

शुक्रबारको बैठकले नेकपा इलामका अध्यक्ष राम राना पार्टीको निर्णय विरुद्ध पार्टी हित र अनुसाशन विपरीत गतिविधिमा संलग्न भएकोले अध्यक्षको जिम्मेवारीबाट हटाइ उक्त जिम्मेवारमा जिल्ला अध्यक्षमा भक्त केसीलाई पदस्थापन गरिएको जनाएको छ  । साथै राम राना सहित अन्य दुइ जना महेश बस्नेत र उमेश गुरुङलाइ समेत पार्टीको हित विपरीत गतिविधिमा संलग्न भएको देखिएकोले कार्यालय सदस्यको जिम्मेवारीबाट हटाउदै उत्त जिम्मेवारीमा उदय राइ, रन बहादुर राइ र जेवी फिलिहाङ्गलाइ पदस्थापन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मालाइ जिम्मेवारी तोकिएको छ । साथै पार्टीमा असहज परिस्थिति र्सिजना भएकोले पार्टीको नाममा रहेको सम्पुर्ण बैक खाता रोक्का गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिस अनुसार राष्ट्रपतिद्वारा भएको प्रतिनिधि सभाको कथित विघटनको घोषणालाइ असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुस, प्रतिगामी र स्वेच्छाचारी कदम कमद ठहर गर्दै पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमलाइ शसक्त बनाउन र थप कार्यक्रम संचालन गर्न आन्दोलनका कार्यक्रमको विशेष प्रस्ताव पारित गरेको छ । साथै जिल्ला, स्थानीय तह र वडामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने निर्णय भएको छ । १० प्रतिसत सदस्य जिल्ला कमिटीमा आगामी बैठक देखि सहभागी हुने गरि आमन्त्रित गर्ने निर्णय समेत भएको छ ।

यसरी नेकपाको विवाद सतह सम्म आई पुगेको छ । यसरी सदस्यबाट हटाउन उनिहरुले नमिल्लने र एउटा सानो समूहले गरेको गतिविधिले कुनै पनि विचलन नआउने आफुहरु पार्टीको काममा झन सक्रिय भएर लागि रहेको कार्यालय सदस्य उमेश गुरुङले वताउनु भयो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment