झापामा बस र स्कुटर आपसमा जुध्दा इलामका एकको मृत्यु, एक गम्भीर


झापा, २५ फागुन । झापामा बस र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ एकको मृत्यु । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ९ एलम्बर चोक स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७४६ नं, को बस र बिपरित दिशा तर्फ जादै गरेको को ३८ प ४१९४ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा स्कुटर चालक ईलाम चुलाचुली गाउँपालिका वडा नं ४ बस्ने ३८ वर्षका राजेन्द्र देवानको मृत्यु भएको हो ।

देवनसँगै पछाडि सवार सोेही स्थानका ४० बर्षका पूर्ण राई गम्भीर घाइते भएका छन् । दुर्घटना पछि उनीहरु दुवैलाई उपचाका लागि बीएण्सी अस्पताल बिर्तामोडमा लगिएको थियो ।

जसमा देवनको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्का बसका चालक झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बस्तीका वर्ष ४० बर्षका मान बहादुर पुरीलाई प्रहीले नियन्त्रणमा लिइसकेको छ । घटनका सम्बन्धमा थप अनुशन्धान भइरहेको झिलझिले प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment