पार्टी एकताको पहललाई निरन्तरता दिने निर्णयसहित छुट्टिए प्रचण्ड र नेपाल


काठमाडौं, २४ फागुन । प्रचण्ड-नेपाल समुहले एकता पूर्वका आ-आफ्नै पार्टी एमाले र माओवादीमै फर्कने निर्णय गरेका छन् । सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समुहका स्थायी समितिको बैठकले अब अलग अलग भएर जाने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठकमा अदालतको निर्णयमा राजनीतिक देखिएता पनि मान्नै पर्ने अवस्था आएकाले पूर्वस्थितीमै पुग्नु पर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक सदस्यले बताए ।

अब अलग-अलग भएपनि पार्टी एकताका लागि भने दुवै पार्टीले आ-आफ्नो क्षेत्रबाट पहलगर्ने निर्णय भएको ती सदस्यले बताएका छन् । आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बनेको नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिने पक्षमा फैसला गरेको थियो ।

सोमबार प्रचण्ड-नेपाल समुहको बैठक बस्नुअघि नेपाल समुहले नयाँ बानेश्वरमा बैठक बोलाएको थियो । सो बैठकले नै सर्वोच्चको फैसला मान्दै अलग हुने निष्कर्ष निकालेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment