इलामको माङसेवुङका विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम


इलाम ४ चैतः इलामको माङसेवुङमा जिल्ला प्रहरी कार्यालय इलामको आयोजना तथा माङसेबुङ गाउँपालिका इलामको सहकार्यमा गाउँपालिकामा रहेको विभिन्न माध्यामिक विद्यालयहरुमा सामुदाय प्रहरी साझेदारी कार्याक्रम सम्पन्न भएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरतगत माङसेवुङ गाउँपालिकाका विद्यालयहरु सरस्वति माध्यामिक विद्यालय भालुटार, जीवन ज्योती माध्यमिक विद्यालय चतुरे, दुर्गा देवि माध्यमिक विद्यालय  खलङगे, चिसोपानी माध्यामिक विद्यालयपंन्चमी र फाल्गुनन्द सेकेन्डरी अंग्रेजी बोडिङ स्कुल लासेङबुङमा  अध्यनरत बिद्यार्थिहरु माझ लागु औषध, साईवर अपराध, बाल विवाह, यौन जन्य अपराध लगायतको बिषय बस्तुहरुमा सचेतनामुलक कार्यक्रम वुधबार संचालन गरेको छ । 


त्यस्तै मंगलबार  ईभाङ माध्यमिक विद्यालय ईभाङ र महेन्द्रदोय माध्यमिक विद्यालय गजुरमुखीमा अध्यनरत बिद्यार्थिहरु माझ साईवर अपराध, लागु औषध, यौनजन्य अपराध लगायत बिषयबस्तुमा आधारित सचेतनामुलक कार्यक्रममा गरेको हो । 

दुवै दिन सञ्चालन भएको कार्यक्रममा माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङगोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरी निरिक्षक नविन राईले विद्यार्थीहरुलाई लागु औषध, साईवर अपराध, बाल विवाह, यौन जन्य अपराध लगायतको बिषय बस्तुहरुमा जानकारी गराउनुको साथै प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमा माङसेवुङ गाउँपालिकाको सहकर्यामा सम्पन्न भएको थियो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment